सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं - महोत्तरीको सम्सी गाउँपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने धिरेन्द्र यादवकी छोरी ४ वर्षीया काजल यादवको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जनक नन्दनी अस्पताल सम्सी हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सर्लाहीको कौडेना गाउँपालिका–२ स्थित सडकमा बीआर ०६ एभी ३१६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–२ फुलपरासी बस्ने ७० वर्षीया दुखिया देवीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाईपास स्थित सडकमा भैरहवाबाट बेलहियातर्फ जाँदै गरेको पिबि १० जेडि ९३१५ नम्बरको ट्याङ्करले लु.१७ प ६७२३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सियारी गाउँपालिका–१ कोटिमाई बस्ने ६५ वर्षीय प्रेम बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×