‘खतरों के खिलाडी’मा बिग बोस विजेता रुबिना

काठमाडौँ - टिभीको चर्चित शो बिग बोसबाट मानिसको मनमा विशेष स्थान बनाएकी अभिनेत्री रुबिना डिलाइक सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी आफ्नो स्टाइल र फेसनका कारण पनि मानिसहरुमा निकै लोकप्रिय छिन्।

बिग बोसपछि रुबिना फेरि एकपटक मानिसलाई मनोरञ्जन दिन तयार छिन्। उनी छिट्टै रोहित शेट्टीको शो खतरों के खिलाडीमा देखिनेछिन्।

रिपोर्टका अनुसार रुबिना डिलाइक खतरों के खिलाडी १२ मा सहभागीता जनाउने तयारीमा छिन्। यसअघि रुबिना बिग बोस १४ को विजेता पनि भइसकेकी छिन्। 

यस क्रममा रुबिनाले आफ्नो जीवनमा धेरै बाधाहरुको सामना गर्नुपरेको बताइन्, जसले आफुलाई बलियो बनाएको र अहिले खतरों के खिलाडीमा आउन पाउँदा निकै उत्साहित भएको बताएकी छिन्।

रुबिना डिलाइकका पति अभिनव शुक्ला यस रियालिटी शोको ११ औं सिजनमा सहभागी थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×