बन्चरो प्रहारबाट श्रीमतिको हत्या

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा एक युवकले बञ्चरोले हानेर श्रीमतीको हत्या गरेका छन्। दाउरा चिर्ने विषयमा विवाद हुँदा श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङको उनले हत्या गरेका हुन्।

श्रीमती हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना वनकालीका ३२ वर्षीय जीवन तामाङलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दाउरा चिर्ने विषयमा विवाद हुँदा जीवनले आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरेका थिए। बञ्चरो प्रहारबाट गम्भिर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×