लेवान्डोस्कीलाई नगुमाउने बार्यन म्युनिखको चाहाना

काठमाडौँ - जर्मन क्लब बार्यन म्युनिखले गत सिजन लगातार १०औं बुन्डेसलिगा उपाधि जितेपनि उनीहरूले सोचेको योजनामा सफल भएन।

बुन्डेसलिगा जितेपनि बायर्न डिएफबी पोकलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग ५-० को लज्जास्पद हार व्यहोर्दा च्याम्पियन लिगमा अविश्वसनीय रुपमा क्वाटरफाइनलमा स्पेनिस भिल्लारियलसँग हार व्यहोर्दै बाहिरियो।

गत सिजन प्रशिक्षक जुलियन नागेल्सम्यानले जर्मन प्रतिद्धन्द्धी आरबी लाइपजिगबाट डायोट उपमेकानो ४२.५ मिलियन युरो र मार्सेल सविट्जरलाई १५ मिलियन युरो मा ल्याएका थिए। यसपटक पनि बायर्नले समर ट्रान्सफरमा महत्वपूर्ण खेलाडीहरु अनुबन्ध गर्दैछ। बायर्नले आफ्नो स्टार खेलाडी पनि गुमाउन चाहेको छैन।

बायर्नका लागि बुन्डेसलिगाका शीर्ष गोलकर्ता रोवर्ट लेवान्डोस्कीको भविष्य ठूलो समस्या हो। पछिल्लो आठ वर्षयता बायर्नका स्टार खेलाडी लेवान्डोस्की क्लब छाड्न चाहिरहेका छन्।

‘मसँग अझै एक वर्ष जान बाँकी छ, त्यसैले मैले क्लबलाई स्थानान्तरणको लागि अनुमति मागेको छु।’ उनले बिल्डलाई भने, ‘मलाई लाग्छ कि यो वर्तमान परिस्थितिमा सबै भन्दा राम्रो समाधान हो, विशेष गरी क्लबले अझै पनि स्थानान्तरणबाट पैसा प्राप्त गर्न सक्छ। म केहि पनि बल गर्न चाहन्न।’ क्लबले उनलाई छाड्नेमा विश्वस्त देखिन्छ तर, बायर्न उसलाई राख्न कटिवद्ध छ, किनकि लेवान्डोस्की बायर्नको अर्काे सिजनको परियोजनाको हिस्सा हो।

बायर्नले इंग्लिस क्लब लिभरपुलका सेनेगली फरवार्ड साडियो मानेलाई यस समरमा क्लबमा सामेल हुने सम्झौता गरिसकेको छ। मोहम्मद सलाह र लुइस डियाजसँग लिभरपुलको आक्रमणकारी ट्रिओमा सेन्टर फरवार्डको रूपमा खेलेका ३० वर्षीय सेनेगाली विंरले किङ्स्ले कोमान र सर्ज जिनाब्रीसँग मिलेर बभेरियन आक्रमणलाई आकार दिनेछन्।

लेवान्डोस्की र माने बाहेक, बायर्नले अरु खेलाडी पनि अनुबन्ध गरिसकेको छ। बायर्नले रायन ग्रेभेनवर्चलाई १८.५ मिलियन युरो र नोसैर माजराउईलाई सित्तैमा अनुबन्ध गरेको छ। २० वर्षीय डच मिडफिल्डर युरोपमा सबैभन्दा आशाजनक खेलाडीको रुपमा हेरिएको छ। मार्क रोका र कोरेन्टिन टोलिसोले पनि बायर्नको मिडफिल्ड सम्हाल्नेछन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×