भ्रष्टाचारका नाइके राज्यका जिम्मेवार निकायमा छन् : भरत जंगम

काठमाडौं । भ्रष्टाचार विरोधी अभियान्ता एवं राजनीतिक विश्लेषक भरत जंगमले भ्रष्टाचार एक लुटको आतंक भएको बताउनुभएको छ । राजधानीकाे एक प्रतिष्ठित टेलिभिजन च्यानलसँग कुरा गर्दै अभियान्ता जंगमले भ्रष्टाचारले देश जर्जर भएको उल्लेख गर्नुभएको हाे।

उहाँले निर्वाचन प्रक्रियादेखि अर्थराजनीतिको विकृत रुप प्रारम्भ हुन थाल्ने भन्दै भ्रष्टाचारले देशलाई थिल्थिलो पार्दा पनि राज्यका जिम्मेबारीमा बसेकाहरुले चासो नदिएको दाबी गर्नुभयाे । अभियान्ता जंगमले राज्यमा बस्ने अधिकांश मानिसहरु भ्रष्ट र खराब नियतका भएकाले उनीहरु राष्ट्र बेच्न तयार भएको तर भ्रष्टाचार नियन्त्रण गर्न तयार नभएको आरोप लगाउनुभयाे ।

भ्रष्टाचार नियन्त्रण गर्ने निकायका पदाधिकारी र अधिकारी नै सबैभन्दा बढी भ्रष्ट भएकै ती निकायहरु प्रभावकारी हुन नसकेको जंगमको भनाइ रहेको छ । अभियन्ता जंगमले विगतमा केपी ओली सरकारको पालामा ओम्नी कम्पनीमा मात्रै ४ करोड भ्रष्टाचार भएको प्रमाणित नै भएको थियो भने सार्वजनिक लेखा समितिले त्यो भन्दा निकै ठूलो परिणाममा भ्रष्टाचार भएको जनाएको उल्लेख गर्नुभएको छ ।

अभियन्ता जंगमले जतिसुकै परिवर्तन भएपनि नागरिकले परिवर्तनको अनुभुति गर्न नपाएकोले यो ब्यवस्था नै काम नलाग्ने भैसकेको दाबी गर्नुभएको छ । २०४७ सालसम्म स–साना भ्रष्टाचार हुने गरेकोमा ०४७ सालपछि खुला रुपमा ठूला भ्रष्टाचार भएको अभियान्ता जंगमले दाबी छ ।

अभियान्ता जंगमले सार्वजनिक सम्पत्ति लुटिरहेको अवस्थामा सरकारले हेरेर मात्र बस्न नहुने बताउनुभयाे । ‘पञ्चायत कालमा बरु भ्रष्टाचारीलाई कारबाही हुने गर्थ्याे, तर अहिले त खुलेआम भ्रष्टाचार हुँदा कारबाही हुने गरेको छैन’ जंगमले भन्नुभयो ‘सरकार भ्रष्टाचार नियन्त्रणका लागि मन, वचन र कर्मले लाग्नुपर्छ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×