हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०७८’ का टोली संयोजकलाई नेपालको झण्डासहितको ब्यानर हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उनले सगरमाथा, कञ्चनजङ्घा, मनास्लु र ल्होत्से हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण गरेका हुन्। 

नेपालका प्रसिद्ध हिमाल आरोहण गर्ने क्रममा छोडिएको फोहर सङ्कलन गरी हिमालको सुन्दरतालाई जीवन्त दिने उद्देश्यले सेनाले सन् २०१९ देखि हिमाल सफाइ अभियान सञ्चालन गर्दैआएको छ।

यस वर्षको हिमाल सफाइ अभियान मुख्यरुपमा ५५ दिन अर्थात् आजदेखि जेठ २२ गतेसम्म सञ्चालन हुने र त्यसका लागि सेनाका ३० जनशक्तिसहित ९२ जना परिचालित हुनेछन्। अभियानबाट ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको छ। हिमाल सफाइ अभियानलाई जटिल, चुनौतीपूर्ण र सहासिक कार्यका रुपमा लिने गरिएको छ।

सो अवसरमा प्रधानसेनापति शर्माले सेनाले ४० वर्षदेखि प्रकृति संरक्षण र पर्यावरण जोगाउने काममा निरन्तर काम गरिरहेको बताए। नेपाली सेनाका नौ हजारभन्दा बढी जनशक्ति प्राकृतिक संरक्षणका लागि मुलुकका विभिन्न क्षेत्रमा तैनाथ छन्। 

पर्यटन विभागका महानिर्देशक तारा लुइँटेललगायतले नेपालको जैविविविधताको संरक्षण र सम्वद्र्धनमा  सेनाबाट हुँदैआएको योगदान महत्वपूर्ण रहेको बताए। नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायकरथी हिमांशु खड्काले प्रचुर मात्रामा रहेका अमूल्य स्रोत साधन, जैविक विविधतालगायत हिमाल संरक्षणमा सेनाले पु¥याउँदै आएको कार्य तथा सफाइ अभियानको उद्देश्य, चुनौती र तयारीका विविध पक्षबारे जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×