यू-१९ राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, पहिलाे खेलमा बागमती र गण्डकी भिड्ने

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। क्यानले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म हुनेछ।

७ प्रदेशको टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ। खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ७ गते बागमति र गण्डकी भिड्नेछन्। खेल टीयू मैदानमा हुनेछ।

उद्घाटन र फाइनल बाहेक अन्य दिन त्रिवि र मूलपानी दुवै मैदानमा खेल खेलाइनेछ। लिग पछि शीर्ष २ टिमबीच फाइनल खेल मंसिर १९ गते हुनेछ।

लुम्बिनी प्रतियोगिताको साविक विजेता हो। देव खनाल, अर्जुन साउद, आदिल आलमलगायत खेलाडी यसै प्रतियोगिताबाट चर्चामा आएका थिए। तीनै जनाले राष्ट्रिय टिममा समेत डेब्यू गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×