काठमाडौँ - म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्याग अर्को महिना ट्रान्सफर विन्डो खुल्दा क्रिस्टियानो रोनाल्डोको विकल्प खोज्न उत्सुक छन्।
टेन ह्यागले पहिले नै स्वीकार गरिसकेका छन् कि उनी ३७ वर्षिय स्ट्राइकरलाई गुमाउन नचहाएता पनि तर पियर्स मोर्गनसँग उनले दिएको अन्तर्वार्तापछि युनाइटेडमा नै राख्न असम्भव बनायो। रोनाल्डोको युनाइटेडबाट बाहिरिनेको अर्थ युनाइटेडको अग्रपंक्तिमा कमि आउनु हो र टेन ह्यागले शीर्ष स्तरको नम्बर ९ विकल्पहरूको मूल्यांकन गर्नेछ। अग्रपंक्ति बलियो बनाउनका लागि कुनै पनि कसर बाँकी नराख्ने टेन ह्यागले बताएका छन्।
रोनाल्डोको विकल्पका रुपमा नेदरल्याण्डका २३ वर्षिय खेलाडी कोडी गाक्पो, बेन्फिकाका २१ वर्षीय स्ट्राइकर गोन्कालो रामोसमा आखाँ लगाएका छन्। रामोसले कतारमा जारी विश्वकपमा पहिलो ह्याट्रिक गरेका थिए। उनले अन्तिम १६ मा स्विजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका हुन् जुन खेल पोर्चुगलले ६-१ गोलले जितेको थियो।
कुनै पनि खेलाडीहरूमा टिप्पणी दिन नसक्ने र त्यसो आफुले कहिले नगर्ने प्रशिक्षक टेन ह्यागले बताएका छन्। खेलाडीहरूसँग सम्झौता हुन्छ र म त्यसलाई सम्मान गर्छु उनले थपे। आफुहरु हरेक अवसरमा अनुसन्धान गरिरहेका र यदि त्यो अवसर उनीहरूलाई सम्झौता गर्ने हो भने हामी सक्दो गर्छौ उनले भने।
जनवरीमा खेलाडीहरू रिलिज गर्न क्लबहरूलाई मनाउन कहिल्यै सजिलो थिएन र युनाइटेडले महसुस गर्यो कि विश्वकपमा खेलाडीको प्रदर्शनका आधारमा मात्रै सम्भावित अनुबन्धका लागि पर्खेको बताएका छन्। ओल्ड ट्राफोर्ड संगठनले समर ट्रान्सफरमा अपेक्षित भन्दा बढी खर्च गर्याे, एन्टोनी, कासेमिरो र लिसान्ड्रो मार्टिनेजलाई क्लवमा अनुबन्ध गर्यो, यद्यपि रोनाल्डोको क्लबबाट बाहिरिएपछि उनको तलब बिलबाट हटाइयो भने सिजनको बाँकी अवधिमा बहु मिलियन पाउन्ड बचत हुन्छ।
यद्यपि छोटो अवधिमा एन्थोनी मार्शल प्रमुख खेलाडी बनेका छन्। फ्रान्सेली फरवार्डले आफ्नो ७ वर्षको युनाइटेडमा रहेका उनी गत सिजन सेभिल्लामा लोन सार्दा उनको त्यँही स्थायी अनुबन्ध हुन असफल रहे। ह्यामस्ट्रिङको चोटले प्रभावशाली प्रि-सिजन बर्बाद भएपछि, २७ वर्षीय खेलाडीले प्रिमियर लिग सुरु गर्न सफल भएका छन्।
यद्यपि, रोनाल्डो गएपछि, चोटपछि फिटनेस कार्यक्रममा जाडोन सान्चो र मार्कस रासफोर्ड र एन्टोनी विश्वकप ड्युटीमा थिए, मार्सलले २१ डिसेम्बरमा इएफएल कपमा बर्नलीविरुद्धको खेलबाट घरेलु अभियान पुनः सुरु गर्दा मुख्य व्यक्तित्व हुने सम्भावना रहेको छ। जब उनी उपलब्ध हुन्छ उनले हाम्रो खेलमा ठूलो प्रभाव पार्छन् टेन ह्यागले भने।उनको यस सिजने ३०० मिनेट भन्दा कम समय मैदानमा बिताएका छन् र ४ गोल र २ असिस्ट गरेका छन्। यो वास्तवमै राम्रो रेकर्ड हो।
उनको लागि पहिलो चुनौती उपलब्ध हुनु र फिट हुनु हो। उनले यसको लागि जिम्मेवार हुनुपर्दछ, तर हामीले उनलाई सबै तरिकामा समर्थन गर्नुपर्छ प्रशिक्षक टेन ह्यागले भने।