च्याम्पियन्स लिगमा बायर्नको फराकिलो जित

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा बायर्न म्युनिखले जित हात पारेको छ। उसले समूह ‘सी’ अन्तर्गतको खेलमा चेक क्लब भिक्टोरिया प्लाजेनविरुद्ध ५-० को शानदार जित हात पारेको हो।

घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ तथा सर्ज गिनाब्री, सदियो माने र एरिक चौपो मोन्टिङले १/१ गोल गरेका थिए।

खेलको सातौं मिनेटमा सानेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो। १३ औं मिनेटमा गिनाब्रीले टोलीको अग्रता दोब्बर बनाएका थिए। २१ औं मिनेटमा मानेले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३-० को आरामदायी अग्रता लिएको थियो। ५० औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका थिए।

५९ औं मिनेटमा मोन्टिङले गनेल गरेपछि बायर्नले ५-० को शानदार जित निकाल्यो। जितसँगै ३ खेलमा ९ अंक जोडेको बायर्न शीर्ष स्थानमा रहँदा पराजित प्लाजेन समान खेलबाट विना अंक पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×