सेयर बजारमा उतारचढावको वर्ष

काठमाडौँ - आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अङ्कले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७४/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो।

२०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य तरलताको दबाब परेसँगै घट्न थालेको हो। लगानीकर्ताहरु भने मौद्रिक नीतिका कारण सेयर बजार घटेको बताउँछन्। मौद्रिक नितिले ४/१२ करोडको नीति लिनु, सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्नु तथा रिस्क वेटेज एभरेज पनि १०० बाट १५० बनाउनुका कारण सेयर बजार घटेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्। सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य तरलता सकेका कारण पनि बजारमा सिँचाइ हुन नसकेको उनको भनाइ छ। साथै, रिस्क वेटेज बढाएर १०० बाट १५० बनाएका कारण पनि सेयर बजारमा लगानीकर्ता हतोत्साही बनेको उनको भनाइ छ। कारोबार दैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×