काठमाडौँ - फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।
ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्। फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।
यसअघि शुक्रबार कतार सेनेगलसँग ३-१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो। यस्तै इरानले वेल्सलाई २-० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।