काठमाडौँ - युइएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएका फरक खेलमा अजरवैजान र काजखस्तानले जित निकालेका छन्।
घरेलु टोली अजरवैजानले वेलारुसलाई २० अन्तरले पराजित गरेको हो। उसको जितमा महिर इम्रेली र रमिल सेयदेभले १/१ गोल गरेका थिए।
यस्तै, अर्को खेलमा काजखस्तान स्लोभाकियालाई २-१ अन्तरले हराउँदै शीर्षस्थानमा छ। काजखस्तानको जितमा यान भोरोगोभ्स्की र इलखान एस्टानोभले १/१ गोल गरेका थिए। १० खेलाडीमा सिमित रहेका स्लोभाकियाको लागि माटुस वेरोले सान्त्वना गोल गरेका थिए।
खेलसँगै काजखस्तान ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। स्लोभाकिया ६ अंक सहित दोस्रो स्थान रहेको छ। अजरवैजान ४ अंक सहित तेस्रो स्थानमा रहेको छ। यता, वेलारुस २ अंक सहित पुछारमा रहेको छ।