बुद्धिमान विश्व र मिलन नेवारको स्वरमा ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक

काठमाडौँ - गायक बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर रहेको गीत ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक भएको छ। राजन पोखरेलको शब्द तथा निरोज लामाको संगीत र एरेन्ज रहेको गीतको भिडियोमा पुष्प खड्का र स्मारिका ढकाल फिचर्ड रहेका छन्।

डान्सिङ गीतको भिडियोमा पुष्प र स्मारिकाको प्रेमभावलाई प्रस्तुत गरिएको छ। सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। गीतलाई कल्पना तामाङले निर्माण गरेकी हुन्।

यसमा बुद्ध लामाको छायांकन, निम बाबु तामाङको कोरियोग्राफी, विकास धमलाको सम्पादन, विनिता कठायतको स्टाइलिङ रहेको छ। भिडियोको प्रोडक्सन म्यानेजर सुदीप ढकाल रहेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×