काठमाडाैँ - मन्दिप रानाको लेखन एवं निर्देशन रहेको सिनेमा ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक गरिएको छ। पोखराका युवाहरूले मिलेर यो सिनेमा निर्माण गरेका हुन्।
सिनेमामा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखराकै छन्। प्रेममा बदला र समर्पणको कथावस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक मन्दिप राना बताउँछन्। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा एक्सन, कोरियोग्राफी पनि मन्दिपकै रहेको छ।
निर्माता नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र विजय कुमारको स्वर रहेको सिनेमामा मेकअप मोहन लामा, छायांकन राहुल राई, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ। सिनेमाको निर्मातामा नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन तथा सह-निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेका छन्।
सिनेमामा निर्माता नवीन घताने, तुलसी क्षेत्री, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, लक्ष्मण रोका लगायतको अभिनय रहेको छ।
श्याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स सिनेमा आगामी पौष १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्यबमा रिलिज हुनेछ।