सिन्धुपाल्चोक - अविरल वर्षाका कारण मेलम्ची नगरपालिका-१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारी पहिरो जाँदा सडक अवरुद्घ भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसिबी पठाइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।
पहिरो गएको खबर पाउनेबित्तिकै मेशिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने उनको भनाइ छ। पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवातजावतमा समस्या भएको छ।