कामना सेवा विकास बैक र नेपाल पेमेण्ट सोलुसनविच अन्तर बैंक रकमान्तर सेवा सम्बन्धी सम्झौता

काठमाडौं - कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवाप्रदायक नेपाल पेमेण्ट सोलुसनविच अन्तर बैंक रकमान्तर सम्वन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेको छ । 

सम्झौता वमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एपभित्र रहेको इन्स्टा फण्ड ट्रान्सफर मार्फत् अन्य बैंक तथावित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्कवापत मात्र एक रुपैंयाँ लाग्नेछ । यो योजना २०८० कार्तिक १ गतेदेखीलागु भई पौष मसान्त सम्म लागुहुने समेत बैंकले जनाएको छ । नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकवाट स्वीकृतीलिई भुक्तानी सेवाप्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ । 

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×