सलोन-करिश्माको विवाहमा आधारित म्यूजिक भिडिओ ट्रेन्डिङमा

काठमाडौँ - अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा केसी अभिनित म्यूजिक भिडियो‘राजा रानी’ ट्रेन्डिङमा परेको छ। सलोनदम्पतीकै विवाहको भिडिओ खिचेर बनाइएको उक्त म्यूजिक भिडियो रिलिजको ४ दिनमै १० लाखभन्दा बढी दर्शकले हेरेका छन्। टिकटकमा पनि गीतलाई उत्तिकै रुचाइएको छ।

आमेश भण्डारीको स्वर रहेको यो गीतमा सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको थियो। सलोनलाई राजा र करिश्मालाई रानीको रूपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडियोमा उनीहरूको विवाहलाई उतारिएको छ।

बेहुला बेहुलीको पहिरनमा सिंगारिएकोदेखि, करिश्मा भित्रिँदासम्मको दृष्य म्यूजिक भिडियोमा देख्न सकिन्छ। गीतमा आमेशलाई गायिका सुनिता थेगिमले साथ दिएकी छिन् भने आमेशकै शब्द रचना तथा संगीत रहेको छ। सार्वजनिक गीत केही समयसम्म युट्युब ट्रेन्डिङको १३ औं स्थानमा थियो। अहिले भने १९ओँ स्थानमा पुगेको छ।

भिडियोको निर्देशक र निर्माता सलोन आफैँ छन्। आमेश र सलोन मिल्ने साथी हुन्। सिनेमा ‘मेला’ मा एकसाथ काम गरेपछि उनीहरूबीच मित्रता गाँसिएको थियो। सोही मित्रताको चिनो स्वरूप विवाहको उपहार बताउँदै आमेशले सलोनको लागि ‘राजारानी’ गीत लेखेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×