काठमाडौँ - प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्। आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो।
आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन्। निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ। प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन्। तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए।
प्रदेशसभातर्फ प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन्। आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ।