काठमाडौँ । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । राति सुदूरपश्चिममा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ मा हल्का वर्षाको सम्भावना छ ।