टोटेनहमको सहज जीत

काठमाडौँ - उत्कृष्ट पुनरागमन गरेको टोटनहमले शनिबार राति घरेलु मैदानमा साउथह्याम्पटनमाथि ४-१ को नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा सानदार सुरुआत गरेको छ।

भ्रमणकारी साउथह्याम्पटनले १२औं मिनेटमा जेम्स वार्ड प्राउजको गोलबाट अग्रता लिएको थियो। सुरुमै १ शून्यले पछि परेको टोटनहमले उत्कृष्ट पुनरागन गरेको हो। २१औं मिनेटमा टोटनहमका रायन सेसेगनन बराबरी गोल फर्काएका थिए। ३१औं मिनेटमा इरिक डायरले गरेको गोलबाट टोटनहमले अग्रता लिएको थियो।

६१औं मिनेटमा मोहम्मद सालिसुले गरेको आत्मघाती गोलमा टोटनहमले अग्रता बढायो। त्यसको २ मिनेट वित्न नपाउँदै डेजान कुलुसेमस्कीले अर्को गोल थपेपछि टोटनहमले सानदार विजय हासिल गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×