मोटरसाइकलको ठक्करबाट १८ वर्षीय युवकको मृत्यु

काठमाडौँ - घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही–१५ का १८ वर्षीय अजय चौधरी रहेका छन्। धारापानी मेला हेर्न गएका चौधरी कर्जाहीमा आएर अटो चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मङ्गलबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

ठक्करपछि शङ्कास्पद मोटरसाकइल, अटो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×