सुहाना थापा स्टारर ‘भागवत गीता’को टिजर छायांकन

काठमाडौं - ‘ए मेरो हजुर ४’ हलमा प्रदर्शन भइरहँदा निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा भने नयाँ फिल्म ‘भागवत गीता’को निर्माणमा लागेका छन्।

मंगलबारदेखि जनकपुरको जानकी मन्दिर परिसरमा फिल्मको टिजर छायांकन सुरु गरिएको छ। फिल्मको नायकबिनै टिजर छायांकन गरिएको हो। स्रोतका अनुसार फिल्मको नायक फाइनल भइसकेको बताइए पनि केही खुलाइएको छैन।

फिल्मको छायांकन साउन २० गतेदेखि सुरु हुने र टिजर रिलिजसँगै प्रदर्शन मिति घोषणा गरिने निर्माता थापाले जानकारी दिए। प्रेमकथामा आधारित फिल्मलाई झरनाले नै निर्देशन गर्ने भएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×