सुदनको स्वर र दिग्गजको शब्दमा ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड डान्सिङ भर्सनको ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको कथामा आधारित रहेको छ।  

गीतमा सुदन गैरे र मेलिना राईको स्वर रहेको छ। शब्द दिग्गज धौरालीको रहेको छ। सुवास भुषालले संगीतबद्द गरेको यस गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। भिडियोमा पवन सुस्लिङको  छायाँकन रहेको छ भने दिन्शन शाहको सम्पादन रहेको छ।

गम्भीर बिष्टको कोरियोग्राफी रहेको भिडियो गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक गैरेको युट्युव च्यानल ‘एसजी मेलोडी’मार्फत् सार्वजनिक गरिएको छ। यसअघि उनको स्वरमा रहेको ‘उडी जाने जेट, माया किन मोडियो, सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×