काठमाडौँ - गायक तथा गीतकार विक्रम राजवंशीको नयाँ नेपाली गीत ‘इन्टरनेट’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
सन् १९७० दशकतिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेषभुसा र गेटअप देखाउन गीतमा कोशिस गरिएको छ।
खुम्बु क्षेत्रको खुन्देबाट म्युजिक भिडियो ‘इन्टरनेट’ रिलिज गरिएको हो। खुन्दे सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपालको खुम्बु क्षेत्रको एउटा गाउँ हो। यो शेर्पाहरूको पवित्र हिमाल खुम्बुको फेदमा रहेको उपत्यकाको खुम्जुङ गाउँसँग सिधा जोडिएको छ। खुम्जुङ उपत्यका समुन्द्र सतहबाट ३ हजार ८०० मिटरदेखि ४ हजार मिटरको बीचमा गएर गीतको बिमोचन गरिएको छ ।
यो गीतमा सिजन ब्याण्ड संगीत रहेको छ। कृष्ण देव रुपाखेतीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटा र विनोद पोखरेल जोडी राम्रो जमेको छ। भिडियोमा असिम रानाभाट‚ हिमा थापा‚ आशीषदेव रुपाखेती‚ कुमार मिलन‚ हिमान्सुको पनि अभिनय रहेको छ।
भिडियोको छायाङ्गकनमा उत्सव दाहाल, सम्पादनमा विकास ज्ञवाली तथा कोरियोग्राफर सन्तोष राजवाहक रहेका छन्। भिडियोको बिमोचनका लागि इन्टरनेट सोसाइटीबाट नाभिद उल हक‚ जोआओ पाउलो अगुयर, छेपाल शेर्पा र अन्य खुन्ब्दे समुदायहरु सहभागी भएका थिए।