काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको जानकारी दिइन् ।
जनमत पार्टीमा ६ सांसद छन् । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको चर्चा चलिरहेको छ । नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।