आधुनिक कृषि उपकरणमा युवाको आकर्षण

काठमाडौँ - पाल्पामा पछिल्ला वर्षमा आधुनिक कृषि उपकरणको  प्रयोगमा  युवा आकर्षित भएका छन्। 

कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले उत्पादनमा सहज तुल्याएको छ। उन्नत जातका पशुपालन गर्ने युवा आधुनिक उपकरण प्रयोग गर्दै उत्पादनमूलक काममा व्यस्त रहन थालेका छन्। आधुनिक औजारको प्रयोगले पशुपालनका साथै कृषिको उत्पादन वृद्धिले आम्दानीसमेत राम्रो हुन थालेको बताइन्छ। आधुनिक यन्त्रले छिटोछरितो रूपमा काम गर्न पाएपछि किसानमा उत्साह छाएको हो। खेतीबारी खनजोन, गाईभैँसीका लागि घाँस काट्न र दाना उत्पादनमा समेत सहज भएको छ।

तानसेन नगरपालिका–९ मदनपोखराका अनुपम भुसाल व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालनमा व्यस्त छन्। बाख्रालाई भुइँघाँस मेसिनले कटान गरी भाडामा खुवाउँदा घाँसको सदुपयोग हुने बताउँछन्। उनका अनुसार आधुनिक उपकरणको प्रयोगले घाँस काट्न  मिहिनेत नै कम गर्नु परेको छ। पहिले पहिले घाँस काटेर हालिदिन निकै गाह्रो थियो। तीन भारी घाँस काटेर हाल्नुपथ्र्योे, घाँस बाख्राले खानेभन्दा बढी भुइँमा कुल्चने र कुहिएर नास गर्दा दुःख मात्र हुने समस्या थियो। अहिले एक भारी घाँस मेसिनले कटेर खुवाउँदा बाख्रालाई प्रशस्त पुग्ने र यस्ता प्रविधिको प्रयोगले  कृषि तथा पशुपालनका क्षेत्रमा काम गर्न उत्साह थपेको कृषक भुसालले बताए।

तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकास्थित ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) र हेफर प्रोजेक्ट नेपालले  कृषि तथा पशुपालनका लागि आधुनिक उपकरणका लागि सहयोग गर्दै आएको छ। उपरकणको  प्रयोगबाट घाँस काट्न र  दाना बनाउन सहज भएको रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×