सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८००

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु एक लाख दुई हजार १०० थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×