राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति बनेपछि कुलमान घिसिङ किन प्रक्रियाबाट अलगिए भन्ने विषय खुल्दै गएको छ। रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार कुलमानले पार्टीमा कार्यकारी सभापतिको आकांक्षा राखेपछि सहकार्यको संवाद बिग्रिएको हो।
उनका अनुसार रास्वपाले पार्टी नेतृत्व रवि लामिछानेले र सरकारको नेतृत्व बालेन शाहले गर्ने स्पष्ट कार्यविभाजनसहित सहमति गरेको छ। वैकल्पिक र सुसंस्कृत राजनीतिका लागि विवेकशील साझा र नवयुवाहरूलाई समेटेर अघि बढेको रास्वपाले कुलमानलाई पनि जोड्ने प्रयास गरे पनि पद र भूमिकामा सहमति नजुट्दा कुरा अघि बढ्न नसकेको बताइएको छ।
रास्वपाले संविधानको मूल मर्मलाई कायम राख्दै संघीय संरचनामा सुधार, विधिसम्मत रूपमा समानुपातिक उम्मेदवार चयन र नीतिगत स्पष्टतासहित अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले अझै पनि अन्य वैकल्पिक शक्तिलाई समेट्न ढोका खुला राखेको जनाएको छ।
.png)
.png)
.png)
.png)
.png)
.png)
.png)

