काठमाडौँ। जतिन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको गीत 'सुख दुःख' सार्वजनिक भएको छ। हाँडीगाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा एक कार्यक्रमबिच सो गीतको भिडियो प्रिमियर गरिएको थियो। गीतमा दीपक बराइली र मिङ्मा लामाको आवाज रहेको छ भने रवि मल्लको शब्द तथा संगीत रहेको छ।
दिलिप समनको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'हाइलाइट्स नेपाल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: