भारत। बलिउड चलचित्र 'हे बेबी'मा अभिनेता अक्षय कुमार र विद्या बालनको छोरीको रूपमा देखिएकी सानी बच्ची 'एन्जल'ले पनि सो समयमा निकै लोकप्रियता कमाएकी थिइन्। चलचित्रमा रितेश देशमुख र फरदिन खान पनि मुख्य भूमिकामा देखिएका थिए।
चलचित्रमा 'एन्जल'को भूमिका जुआना संघवीले निभाएकी थिइन्। उक्त चलचित्र गर्दा उनी मात्र १६ महिनाकि थिइन् भने अहिले उनी १७ वर्षकि भएकी छिन्। चलचित्रमा उनको मुस्कानले धेरै प्रशंसकको मन जितेको थियो।
अहिले यस्ती भइन् 'एन्जल'