स्पोर्ट्स ड्रामा फिल्म ‘शाबाश मिठू’को ट्रेलर रिलिज

काठमाडौँ - बलिउड अभिनेत्री तापसी पन्नु स्टारर प्रतीक्षित स्पोर्ट्स ड्रामा फिल्म ‘शाबाश मिठू’को ट्रेलर रिलिज भएको छ। फिल्ममा तापसी पूर्व महिला क्रिकेटर मिताली राजको भूमिकामा रहेकी छिन्। जसमा मितालीको संघर्षदेखि सफलतासम्मको कथा समेटिएको छ।

२ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरमा भारतीय महिला क्रिकेट टिमको नेतृत्व गरिसकेकी मितालीको बालपनदेखि क्रिकेट मैदानसम्मको कथा अटाइएको छ।

श्रीजीत मुखर्जी निर्देशित ‘शबाश मिठू’ १५ जुलाईमा रिलिज हुँदैछ। फिल्ममा मुम्ताज सरकार र विजय राज लगाएतको मुख्य भूमिका रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×