नेपाल टी-२० लिग डिसेम्बर २३ देखि

काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० लिग प्रतियोगिताको मिति फेरि सरेको छ। यसअघि असोज कार्तिकमा आयोजना गर्ने गरि मिति तय भएको थियो।

त्यतिबेला चुनावको कारण देखाउँदै पर सारिएको प्रतियोगिता डिसेम्बर ११ तारिखदेखि सुरु गर्ने भनिएको थियो। तर नेपाल क्रिकेट संघ क्यानले आज एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता डिसेम्बर २३ तारिखदेखि सुरु गर्ने जनाएको छ।

यसैगरी नेपाल क्रिकेट संघ क्यानले नयाँ फ्रेन्चाइज टिम पनि सार्वजनिक गरेको छ। यसअघि तय भएको काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिए पछि काठमाडौँ नाइट नामको नयाँ टोली सार्वजनिक गरिएको हो।

पहिलो संस्करणको नेपाल टी-२० लिगमा ६ टिमले सहभागिता जनाउने छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×