काठमाडौँ - भारतका यू १९ विश्वकप विजेता बलर अलराउन्डर हरमीत सिंह र दक्षिण अफ्रिका अलराउन्डर बलर काल्भिन स्याभेजले नेपाल टि-२० लिग खेल्ने भएका छन्। नेपाल टि-२० लिग खेल्नका लागि यी दुबै खेलाडी लुम्बिनी अल स्टार्समा अनुबन्ध भएका हुन्।
३० वर्षीय हरमीतलाई सन् २०१२ को यू १९ विश्वकप विजेता तथा इन्डियन प्रिमियर लिग आइपिएल खेलेको अनुभव छ। उनले सन २०१३ को आइपिएलमा राजस्थान रोयल्सबाट खेलेका थिए।
भारतीय बी टोली, मुम्बई र त्रिपुराबाट घरेलु क्रिकेट खेली सकेका हरमीतसिंह पछिल्लो समय भने अमेरिकाबाट खेल्दै आएका छन्। बायाँ हाते हरमीत स्पिनसँगै तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन्। लुम्बिनीले उनलाई श्रीलंकन खेलाडी नुवान थुसराको स्थानमा लिएको हो। हरमीतले ३१ प्रथम श्रेणी, १९ लिष्ट ए र ७ टि२० क्रिकेट खेलेका छन्।
उनले २०२२ को माइनर लिग क्रिकेट च्याम्पियनसिप पनि जितेका थिए। उनी आफ्नो फ्रेन्चाइजी टोलीको कप्तान थिए। यस्तै दक्षिण अफ्रिका अलराउन्डर बलर स्याभेजलाई लुम्बिनीले अष्ट्रेलिया स्टार अलराउन्डर बेन कटिङको स्थानमा अनुबन्ध गरेको हो।
तीव्र गतिको बलिङसँगै उनी तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने काल्भिनले ६९ प्रथम श्रेणी, ५२ लिष्ट ए र १९ टि २० क्रिकेट खेलेका छन्। दक्षिण अफ्रिका यू १९ टोलीबाट २०१२ को विश्वकप खेलेका थिए। प्रथम श्रेणीमा १ सय ७९ विकेट लिनुको साथै २ हजार ३ सय ४३ रन बनाएका छन्।
लिष्ट ए मा ६४ विकेट लिँदा १ हजार १ सय १४ रन बनाएका छन्। नेपाल क्रिकेट संघको आयोजनामा नेपाल टि२० लिग डिसेम्बर १२ देखि ३१ तारिखसम्म काठमाडौँमा हुदैँछ।