क्रिकेट प्रशिक्षक प्रभाकर आज नेपाल आइपुग्ने

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन्। उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका रहेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थिय । क्यानले उनीसँग एक वर्षको लागि सम्झौता गरेको छ।

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले पदबाट राजिनामा दिएका थिए। भदौ पहिलो साता हुने केन्या भ्रमणसँगै प्रभावकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन्। नेपालले केन्याविरुद्ध ५ टि-२० र ३ एक दिवसीय शृंखला खेल्नेछ।

जसका लागि खेलाडी छनोट समेत भइसकेको छ। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् भने कुशल भुर्तेल र बिनोद भण्डारी टिम बाहिर छन्।

प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×