नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदै

काठमाडौँ - नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल दशरथ रंगशालामा बेलुका साढे ५ बजेबाट सुरु हुनेछ।

विश्व फुटबल महासंघ फिफाले ३ वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो। सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी २ टोली पहिलो पटक खेल्दैछन्। त्यसबेला नेपाल २-१ गोलले पराजित भएको थियो। २ देशबीच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले ७ र नेपालले ५ खेल जितेका छन्। ५ खेल बराबरी भएका छन्।

नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन्। त्यस्तै पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालबिरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्याउनका लागि खेल्ने बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×