‘कौन बनेगा करोडपति’मा शेरबहादुर देउवा

भारत। बलिउड अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ सिजन १३ को ७५औँ एपिसोड विशेष थियो। किनभने उक्त एपिसोडमा  बच्चनकी छोरी श्वेता र नातिनी नभ्या नाभेली सहभागी भएका थिए। यो कार्यक्रमको १ हजार औँ एपिसोड थियो। सोहि कार्यक्रममा अमिताभले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा बारे प्रश्न सोधेका थिए। उनले १२ लाख ५० हजारको प्रश्न स्वरूप 'सन् २०२१ मा पाँचौ पटक प्रधानमन्त्री हुने शेरबहादुर देउवा कुन देशका हुन्?' भनि सोधेका थिए। जसको अप्सनमा  फिजी, नेपाल, एन्टिगा एन्ड बर्बुडा र थाइल्यान्ड दिइएको थियो। सो प्रश्नको उत्तर मिलाएर श्वेता र नाभ्याले १२ लाख ५० हजार भारु जिते। उनीहरुले कुल २५ लाख भारु नगद जिते।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×