प्रतिनिधिसभामा सभामुखको रुलिङ ; 'सदन चलाउन सहयोग गर्नुस्'

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन र राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन सबै सांसदलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समेत प्रमुख विपक्षी नेकपा (एमाले) का सांसदहरुले नाराबाजीसहित विरोध गरेपछि सभामुखले विशेष रुलिङ गर्दै सो आग्रह गरेका हुन्। लगातार छ महिनादेखि एमालेले संसद्को कारवाहीमा सहभागी नभई नाराबाजी गरिरहेको छ। अवरोधका बीचमा अमेरिकी सहयोग सम्झौतालगायतका केही कार्यसूची अगाडि बढे पनि अरू महत्त्वपूर्ण कानून भने पारित हुन सकेको छैन।

प्रतिनिधिसभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्नुपर्नेछ। यस्तै, नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यसमेत अवरोधका कारण प्रभावित हुन पुगेको सभामुखको भनाइ छ। सभामुखले भने,  “विचाराधीन विधेयकलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो।”

संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएका तथा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकामा सांसदहरुले आफूलाई पटकपटक ध्यानाकर्षण गराएको सभामुखले स्मरण गरे। संसद्लाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको तथ्य पेश गर्दै सभामुखले अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सबै सांसदलाई सभामुखले विशेष अनुरोध गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×