काठमाडौँ - ‘बेबी डल’ गीत गाएर चर्चित बनेकी कनिका कपुरले २० मे अर्थात् आज आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छिन्। यो कनिका कपुरको दोस्रो विवाह हो। कनिकाको विवाह अघिका तस्बिर सोसल मिडियामा अत्यधिक चर्चित भइरहेको छ। कनिकाको हल्दीपछि अब उनको मेहेन्दीको फोटो सार्वजनिक भइरहेका छन्।
कनिका कपुरका श्रीमान् गौतम एनआरआई व्यापारी हुन्। विवाह अघिका सबै कार्यक्रम लण्डनमा भएको हो। विवाह पनि त्यहाँ नै हुनेछ। यसअघि कनिका कपुरले एनआरआई राज चन्दोकसँग विवाह गरेकी थिइन्। यो विवाहबाट कनिकाका तीन सन्तान छन्।
कनिकाको पहिलो विवाह उनी १८ वर्षको हुँदा भएको थियो। उनी सन् २०१२ सम्म पहिलो श्रीमानसँगै बसिन्। त्यसपछि उनले पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिन्। विवाह टुटेपछि कनिका कपुर मुम्बई गइन् र गायनमा लागिन् ।