काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियाकाे मेलबर्नमा हुने पुरुष टी-२० विश्व कपका लागि पुरस्कार राशिकाे घाेषणा गरेकाे छ। आईसीसीका अनुसार विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँ (१६ लाख अमेरिकी डलर) भन्दा धेरै पाउने छ।
यस्तै उपविजेताले यसकाे आधी अर्थात् ८ लाख अमेरिकी डलर पाउने छ। सेमिफाइनल पुग्ने टाेलीले ४ लाख डलर पाउने आईसीसीले जनाएकाे छ। टी-२० विश्व कपमा १७ टिमले खेल्नेछन्, याे प्रतियाेगिता झन्डै १ महिनासम्म चल्ने छ।
प्रतियाेगितामा ८ टिम सुपर १२ मा आउर बाहिर हुनेछन्। जसमा हरेक टिमले ७० हजार डलर पाउने छन्। सुपर १२ मा पुग्ने ८ टिममा अफगानिस्तान, अस्ट्रेलिया, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका रहेका छन्।