युक्रेन र रुसबीच शुक्रबार शान्ति वार्ता पुनः शुरु हुने

एजेन्सी - युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः शुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ।

वार्ताको क्रममा युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको बैठकको लागि आवश्यक सम्झौता गर्न प्रयासहरू तीव्र पार्ने पनि अरखामियाले टेलिग्राममा  गल्लेख गरेका छन्। "हामी आशा गर्छौं राष्ट्रपतिहरूले अर्को भेट गर्नेछन्," अरखामियाले भने। युक्रेनी पक्षले रुस वा बेलारुस बाहेक अन्यत्र बैठक बस्न जोड दिदै आएको छ। 

तास  समाचार एजेन्सीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका छन्, "भोलि (शान्ति वार्ता) पुन: शुरु गर्ने बारे छलफल भएको छ यदि यो भयो भने हामी तपाईंलाई सूचित गर्नेछौं।" पुटिन र जेलेन्स्कीबीचको सम्भावित भेटको कुनै स्पष्ट समयावधि छैन स्पष्ट पारिएको छैन। 
उनले भनेका छन्।  सम्झौताको पाठमा कामलाई अन्तिम रूप दिन, उच्चपदस्थ अधिकारीले यस पाठको स्वीकृति र प्रारम्भ गर्नुअघि उच्च तहको बैठक बोलाउनुपर्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×