बुन्डेस लिगमा साविक विजेता बायर्नको शानदार सुरुवात

काठमाडौँ - साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाकाे नयाँ सिजन २०२२-२३  मा शानदार सुरुवात गरेकाे छ। उसले गएरातिकाे खेलमा घरेलु टाेली फ्रान्कफुर्टलाई ६-१ ले हराउँदै शानदार सुरूवात गरेकाे हाे।

डोइटसा बैंक पार्कमा बायर्नलाई जित दिलाउन जमल मुसिएलाले २ तथा जाेसुवा किमिच, बेन्जामिन पाभार्ड, सादियो माने र सर्ज जिनाब्रीले समान १ गोल गरेका थिए। घरेलु टोलीका रान्डल कोलो मुआनीले १ गोल फर्काएका थिए।

खेलको पाँचौ मिनेटमा किमिचले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ११औं मिनेटमा पाभार्डले टाेलीकाे अग्रता दोब्बर पारेका थिए। २९औं मिनेटमा  मानेले गर्दै बायर्नलाई ३-० ले अघि बढाए। यसै सिजन इंग्लिस क्लब लिभरपुलबाट बायर्न आएका मानेले बुन्डेसलिगाको डेब्यु खेलमै गोल गर्न सफल भएका थिए।

३५औं मिनेटमा मुसिएला  तथा ४३औं  जिनाब्रीले गोल गरेपछि पाहुना टाेली पहिलो हाफमा ५-० को आरामदायी अग्रता लिन सफल भएको थियो। ६४औं मिनेटमा  कोलोले गोल गर्दै खेललाई ५-१ को स्थितिमा ल्याएका थिए। ८३ औं मिनेटमा मुसिएलाले व्यक्तिगत दोस्रो गाेल गरेपछि बयर्नले ६-१ काे शानदार जित निकालेको थियो।

याे जितसँगै बार्यनले ३ अंक जाेड्दा फ्रान्कफुर्टले हारबाट लिगकाे सुरूवात गरेकाे छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×