तातोपानी नाका एक साताका लागि बन्द रहने

काठमाडौँ - पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ। 

नेपालस्थित चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको हो।  

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’ 

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×