भारत। बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री श्रद्धा कपूर पहिलो पटक एक साथ चलचित्रमा काम गर्न गइरहेका छन्। चलचित्रको निर्देशन लव रंजनले गर्नेछन्। चलचित्र २६ जनवरी २०२३मा प्रदर्शनमा आउनेछ। यो कुराको जानकारी दिदै निर्माताले भने कि रणबीर श्रद्धा अभिनीत यो चलचित्र २०२२को होलीमा प्रदर्शनमा ल्याइन लागेको थियो। तर, अहिले चलचित्रको नयाँ प्रदर्शनी मिती घोषणा गरिएको छ। चलचित्रको प्रदर्शनी मिती बारे बताउदै अभिनेत्री श्रद्धा कपूरले पनि आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन् 'तपाईहरू यो मितीलाई याद राख्नुहोला।' चलचित्रमा डिम्पल कपाडिया र बोनी कपूर पनि मुख्य भूमिकामा देखिनेछन्। चलचित्र ऋतिक रोशन र दीपिका पादुकोणको चलचित्र 'फाइटर'सँग भिड्नेछ। हाल चलचित्रको छायांकन दिल्लीमा भइरहेको छ। लव रंजन र अंकुर गर्ग द्वारा निर्मित चलचित्र गुलशन कुमार र भूषण कुमार द्वारा प्रस्तुत गरिनेछ।