त्रिवि सभा बैठकमा प्रधानमन्त्री ओली

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक आज बसेको छ ।

आगामी दिक्षान्त समारोहको लागि ग्रेस लिष्टमा परेका विद्यार्थीको लिष्ट पारित गर्नको लागि बैठक बसेको हो ।

बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थिति थियो ।

प्रधानमन्त्रीसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, त्रिविका उपकुलपति प्राडा केशरजङ्ग बराललगायत अन्य पदाधिकारीले गाउन र टोपी लगाएर उपस्थित भएका थिए ।

त्रिभुवन विश्वविद्यालयको आगामी दिक्षान्त समारोह पुसमा आयोजना गर्ने तयारी भइरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×