काठमाडौँ - सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ। दुवै सदनको बैठक भोलि बस्दै छ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन्।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ।