मोरङ - मोरङबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। मोरङको गोविन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ वर्षीय अबिनारायण लिम्बूलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
लिम्बूलाई प्रहरीले बिहीबार २१.३८ ग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित पक्राउ गरेको कार्यालयले जनाएको छ। प्रहरीले लिम्बूलाई उनको घरबाट नै पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।