बुमराहको टि-२० करिअरकै खराब प्रदर्शन

काठमाडौँ - भारतीय तीव्र गतिका डेथ ओभर स्पेलिष्ट बलर जस्प्रित बुमराहले आफ्नो टि-२० आई करिअरकै खराब प्रदर्शन गरेका छन्। बुमराहले अष्ट्रेलियासँगको तेस्रो खेलमा ५० रन खचिदै विकेट विहीन बने।

उनले टि-२० आई करिअरमा पहिलो पटक ५० रन खर्चिएका हुन्। कुल २४ बलमा बुमराहले ३ चौका र ३ छक्का खर्चेका थिए। ५ बल डट राखेका थिए।

बुमराहले यस अघि टि-२० आईमा २०१६ मा वेस्टइन्डिजविरुद्ध ४७ रन खर्चेका थिए। त्यस्तै न्युजिल्यान्डविरुद्ध २०२० मा ४५ रन र २०१६ मा अष्ट्रेलियाविरुद्ध ४३ रन खर्चेका थिए। बुमराह चोटका कारण अष्ट्रेलियासँगको दोस्रो टि-२० आई खेलबाट पूनरागमन गरेका हुन्।

बुमराहको चार ओभर

बुमराहलाई तेस्रो ओभरमा क्यामरन ग्रीनले २ छक्का र १ चौका हान्दै दबाबमा राखेका थिए। ११ औं ओभरमा १ चौकासहित ९ रन खर्चिए। १७ औं ओभरमा बुमराहले ६ रन मात्र खर्चिए। १९ औं ओभरमा बुमराहलाई ड्यानियल साम्सले १ चौका र १ छक्कासहित कुल १८ रन खर्चेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×