काठमाडौँ– विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ। दक्षिण कोरिया लगातार दसौं पटक फिफा विश्वकपमा छनोट भएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरेका थिए। खेलको ५३ औं मिनेटमा किमले तथा ७१ औं मिनेटमा क्वोनले गोल गरेका हुन्।
जितसँगै दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ। इरानपछि एसियाबाट विश्वकप छनोट हुने कोरिया दोस्रो टिम बनेको छ।