मेयर बालेनले ‘टर्चर’ दिएको महिला कर्मचारीको आरोप

काठमाडौं - काठमाडौं महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहले आफूलाई मानसिक याताना दिएको आरोप लगाएका छन् ।

महानगरकी वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता घिमिरेले मेयर साहले आफूलाई लामो समयदेखि जिम्मेवारविहीन बनाएर ‘टर्चर’ दिएको आरोप लगाएका हुन् ।

महानगरको कानुन विभागमा दरबन्दी आवश्यक हुँदा समेत आफूलाई नराखेर मेयर बालेनले आफ्ना नजिकका मान्छेलाई राखेको उनको आरोप छ ।

घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनु पर्ने बाध्यता रहेको उनको गुनसो छ । उनले सामाजिक सञ्जालमा स्टाटस राखेर आफूमाथि अन्याय भएको बताएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×