संगीतकार बन्दै बलिउडका महानायक अमिताभ बच्चन

काठमाडौँ - बलिउडका महानायक अमिताभ बच्चन अब संगीतकार पनि बन्ने भएका छन्। फिल्म 'चुप' मार्फत अमिताभ आधिकारिकरूपमा संगीतकार भएर डेब्यु गर्नेछन्।

खासमा चुप फिल्म हेरेपछि अमिताभले आफ्नै पियानोमा एक मेलोडी बजाएका थिए। उनले फिल्म हेरिसकेपछि आफ्नो भावनालाई व्यक्त गरेका थिए पियानोमार्फत। त्यसपछि अमिताभले सो मेलोडी फिल्मलाई गिफ्ट गरे। अब फिल्मको अन्तिम टाइटल ट्र्याक सोही मेलोडी हुनेछ।

चुप फिल्म आर बाल्कीले निर्देशन गरेका हुन्। यो फिल्म २३ सेप्टेम्बमा रिलिज हुनेछ। यो रोमान्टिक थ्रीलर विधाको फिल्म हो।

फिल्ममा सनी देओल, दुलकर सलमान, श्रेया धनवन्तरी र पूजा भट्ट मुख्य भुमिकामा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×